अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समूह ए मा रहेको मनोहराले ओएसिस क्लबविरुद् ३—२ गोल अन्तरको जीत हात पार्यो ।
मनोहराविरुद्ध खेलको १२ मिनेटमा गोल गर्दै ओएसिसले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा भरत गुरुङको गोलले १—० गोल अन्तरले पछि परेको मनोहराविरुद्ध ५६ औं मिनेटमा ओएसीसका प्रकाश पुनले गोल गर्दै २—० को फराकिलो अन्तर बनाएको थियो ।
तर, मनोहराका लागि ८२ औं मिनेटमा दिनेश राईले गोल गर्दै टिमलाई लयमा फर्काए । त्यसको ठिक ७ मिनेटपछि ८९ औं मिनेटमा राईले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै खेल २—२ को बराबरीमा पुर्याए । दिनेश राई यस खेलमा म्यान अफ द म्याच घोषित भएका तथा रु. ५,००० (पाँच हजार रुपैया) पुरस्कार प्राप्त गर्न सफल भएका थिय।
२—२ को बराबरी रहेको खेलको अतिरिक्त समयमा मनोहराका खेलाडीलाई ओएसीसका खेलाडीले फाउल गरेपछि मनोहराले पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीलाई सिमोन लिम्बुले गोलमा परिणत गर्दै पहिलो खेलमा जित दिलाए। जीतसँगै मनोहराले ३ अंक जोडेको छ ।
अब अर्को खेल यही फाल्गुन २७ गते बेलुका ३:४५ बजे सामाजिक युथ संग हुने भएको छ। क्लबका अध्यक्ष संजोग मल्लले आगामी खेलमा उत्कृष्ठ नतिजा निकाल्नका लागी खेल तयारी गरिरहेको तथा सोहि अनुसारको रणनीति बनाईरहेको बताउनुहुन्छ। अध्यक्ष मल्लका अनुसार यस सिजनमा आफ्नो क्लबले उत्कृष्ठ पदर्शनका साथ लिग उपाधिको दाबेदार रहेको बताउनुहुन्छ।