हिउँदे फलफूलका विरुवा विक्री , ३ लाख सम्मको कमाई

फागुन १४ ः बैतडीमा सुख्खा फलफूल विकास केन्द्र र निजी नर्सरीबाट देशका विभिन्न ठाउँमा बिरुवा विक्रि वितरण गरिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ बाट यो आर्थिक वर्षमा ३ लाखको हाराहारीमा हिउँदे फलफूलका विरुवा विक्री भएका छन् ।

सुख्खा फलफूल विकास केन्द्रबाट स्याउ, नासपाती, खुर्पानी, ओखर, आरु, आरुबखडा लगायतका १५ हजार बढी हिउँदे फलफूलका बिरुवा विक्रि भएका छन् ।

हिउँदे फलफूलका बिरुवा विक्रिबाट ३ लाख बढी कमाइ भएको किसानहरुले जनाएको थियो । बिरुवा बेचेरै राम्रो आम्दानी भइरहेको सुदूरपश्चिमा अधिकांस जिल्लाका साथै कर्णाली प्रदेशवाट समेत बोटबिरुवा किन्न आउने गरेको पाईन्छ ।

You can share this post!