डोटीमा आयमुलक तालिम

फागुन १३ ः महिलाहरुलाई आयआर्जन व्यवसायमा जोड्नका लागि दिपायल सिलगढी नगरपालिका डोटीले माला बनाउने तालिम दिएको छ । सामुदायिक विकासका लागि सहकार्य नेपालसँगको सहकार्यमा पोते, मोती र क्रिष्टलका गरगहना बनाउने एक हप्ते सिपमूलक तालिम दिएको छ ।


दिपायल सिलगढी नगरपालिकामा महिला प्रमूख रहेकाले पनि नगरमा महिला उद्यमलाई प्राथमिकता दिएर माला बनाउने तालिम, होजियारी तालिम, तरकारी खेती लगाएतका अन्य आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको छ ।
नगरपालिकाका ९ वटै वडाबाट २र२ जना र अन्य थप ८ जना गरी २६ जना महिला सहभागि भएका थिय ।

You can share this post!