कैलालीमा पुरैना तालको आकर्षण बढ्दै

फागुन ७  : हेर्दा अत्यन्तै रमणीय ताल प्रचारप्रसार तथा पूर्वाधार विकासको अभाव को कारण ओझेलमा परेको छ। कैलालीको बर्दगोरीया गाउपालिका वडा नंं ४ मुडा बजारमा अनुमानीत १२(१३ बिघाह क्षेत्रफलमा फैलीएको पुरैना ताल निकै नै सुन्दर छ । परापुर्व काल देखीनै बिशेष गरी थारु समुदायले आफनो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको भए पनी अहिले भने उक्त तालको कुनै सुनवाई भएको छैन ।


तालको बिचमा रहेको मन्दीरले यसको महत्व झन थपेको र वर परका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता बढाएको छ । परापुर्व काल देखी नै यो ताल रहेको र हाल सम्म कसैको नजर जान नसकेकाले ओझेलमा परेको पाईएको छ । पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा बिभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन ।


अबभने मुडा बजारमा शिवरात्री बर्दगोरीया पुरैना ताल पहिचान महोत्सव संचालन हुने भएपछी यस तालले चर्चा पाउन थालेको छ । बर्षौ देखी अझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा बिकाश गर्न सहयोग पु¥याउने उदेश्यले विभिन्न महोत्सवको आयोजना गर्न लागीएको छ । ठुलो क्षेत्रफलमा फैलीएको सामुदायिक वन तथा चुरे संग समिा जोडीएका वन जंगल भएकाले थुप्रै जंगली जनावरहरु समेत देखिने गर्छन ।

त्व झन थपेको र वर परका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता बढाएको छ । परापुर्व काल देखी नै यो ताल रहेको र हाल सम्म कसैको नजर जान नसकेकाले ओझेलमा परेको पाईएको छ । पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा बिभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन ।


अबभने बर्दगोरीयामा रहेको मुडा बजारमा शिवरात्री बर्दगोरीया पुरैना ताल पहिचान महोत्सव संचालन हुने भएपछी यस तालले चर्चा पाउन थालेको छ । बर्षौ देखी अझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा बिकाश गर्न सहयोग पु¥याउने उदेश्यले विभिन्न महोत्सवको आयोजना गर्न लागीएको छ । ठुलो क्षेत्रफलमा फैलीएको सामुदायिक वन तथा चुरे संग समिा जोडीएका वन जंगल भएकाले थुप्रै जंगली जनावरहरु समेत देखिने गर्छन । – रेडियो कैलाली

You can share this post!