स्वस्थानी व्रतकथा आज सम्पन्न गरिँदै

फागुन ७, काठमाण्डौ ः पौष शुक्ल पूर्णीमाका दिनवाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आजवाट समापन हुँदैछ ।


व्रत बस्ने प्रत्येक महिलाले महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास छ ।
स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर वर्त लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोहको आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या सांगे गर्ने चलन छ । यस्ता सांगेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।


समापनका अवसरमा धेरै ठाउमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम वस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामुहीक रुपमै स्वस्थानी परमेश्वरीको ब्रतकथा सांगे आयोजना गर्दा सम्पूर्ण समुदायलाईनै फाईदा हुने जनविश्वास छ ।


सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराइ गरीब तथा दुःखीहरूको उद्धार गराएको विश्वासमा परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

You can share this post!