सुदूरपश्चिमको संसदमा प्रधानमन्त्री

फागुन ८ ः ३१ बर्ष अघि यस कैलालिको सहजपुर देखि डोटिको बिपिनगरसम्मको सडकको टयाकका शिलन्यास भएको थियो । तर कालोपत्रे भने अहिलेसम्म पनि भएको थियन । बल्ल अहिले ३१ बर्ष पछि भने सडक कालोपत्रे भईरहेको छ ।

फागुन ७ गते को दिन प्रधानमन्त्रि केपी शर्मा ओलीले उक्त ५० किलोमिटर सडकको शिलान्यास गर्दै अबको ३ बर्षमा डोटीको कायापटल हुने बताउनुभएको थियो । बिकासको मेरुदण्ड सडक भएकाले आफुले देशैभरि सडकलाई प्राथमिकता दिने ओलिले बताउनु भएको थियो । विभिन्न विकासका भाषण गर्नुभएको थियो ।


आजभने प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै छन् । बुधबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको थियो।

You can share this post!