अष्ट्रेलियामा नर्सिङ पढ्ने सयौं नेपाली विदयार्थि अन्यौलमा

फागुन १ काठमाण्डौ ः नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया गएर शैक्षिक अन्यौलमा परेका छन्।

पछिल्लो समयमा पढ्नको लागि भनेर अष्ट्रेलिया विदेसिनेको सङख्य बढ्दै गएको समयमा अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी यतिखेर गलत रवैयाको शिकार भएका छन्।

डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेका छन । नर्सिङ सम्बन्धन नपाउने कलेजमा चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न गएका केहि नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि अन्यौलमा परेका छन भने अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी यतिखेर अन्यौलमा परेका छन ।

राम्रो कमिसनको चक्करमा विद्यार्थी तथा अभिभावकलाई नेपालमा जानकारी नदिइ भइहाल्छ र पाइहाल्छ भन्ने प्रवृत्तिले विद्यार्थी लिने र पढाइ सुरू गर्ने अनि कमाइ हाल्ने प्रवृत्तिले विद्यार्थी नराम्रोसँग अन्यौलमा परेका छन ।

अस्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी ९अस्क्वा० ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ।

यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि विद्यार्थी भर्ना लिन प्रारम्भ गरिन्छ। तर, अन्य विषयमा यसको अनुवन्धानले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को स्वीकृती आवश्यक रहन्छ।

त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पिटलमा इन्टर्नसिपका लागि अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी ९अप्रा० को दर्ता नम्बर आवश्यक हुन्छ।

यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली विद्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा अलपत्र परेका छन्।

You can share this post!