सबैभन्दा कम स्प्रडदर भित्र सिभिल बैंक

फागुन १ काठमाण्डौ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कर्जा र निक्षेपको ब्याजदर अन्तर औषतमा ४ दशमलव ५ प्रतिशत भन्दा कममा झार्न निर्देशन दिएको थियो । २८ ओटा बाणिज्य बैकंमध्य लगभग अहिलेसम्म जम्मा १७ ओटा बाणिज्य बैंकहरुको मात्र ब्याजदर अन्तर बैंकले तोकेको भन्दा कम छ ।

केहि महिना अघि १४ प्रतिशत सम्म निक्ष्ँप ब्याजदर रहेको बैंकहरुले पछिल्लो समय ब्याजदर उच्च भएपछि बैंकहरुले भद्र सहमति गर्दै १० प्रतिशत भन्दा तल ब्याजदर निर्धारण गरेका थिए । यसले बैंकहरुको ब्याजदर अन्तर ९स्प्रेड०मा असर पारेको देखिन्छ ।

कुन बैकंको स्प्रेड दर कति

क्र. स बैंकहरु स्प्रेड दर (प्रतिशतमा)
एभरेष्ट बैक ४.३८
सानिमा बैंक ४.२३
माछापुच्छे बैंक ४.०८
लक्ष्मी बैंक ४.०८
कुमारी बैंक ३.३८
हिमालयन बैंक ४.१४
सनराईज बैंक ४.३१
नेपाल ईन्भष्टमेन्ट बैंक ४.२४
सिटिजन्स बैंक ईन्टरनेसनल ३.४५
१० सिद्धार्थ बैंक ३.९९
११ नेपाल क्रेडिट एन्ड कमर्स बैकं ४.०८
१२ ग्लोबल आईएमई बैंक ३.८१
१३ एनएमबी बैंक ३.९९
१४ सेन्चुरी कमर्सियल बैंक ३.६३
१५ मेघा बैंक नेपाल ४.४८
१६ प्राईम कमर्सियल बैंक ३.६२
१७ सिभिल बैंक ३.२३

You can share this post!