विना लाइसेन्स सवारी चलाउनेलाई कारवाही

मघ २० ः जिल्लामा विना चालक अनुमतिपत्र लाइसेन्स सवारीसाधन चलाउनेको सङ्ख्या पनि बढेको र सरकारी सवारीसाधनले बढी नियम उल्लङ्घन गरेकाले सडक दुर्घटना बढ्ने गरेको छ । यहि सडक दुर्घना बढेको कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय ले कडाई गर्न थालेको छ ।


गत साउन महीनादेखि पुस मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ ।


जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दीपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेपछि लाइसेन्स नभएका सवारी चालक घट्न थालेको ट्राफिक प्रहरीको जनाएको छ ।

You can share this post!