कर्जा लिदा सबभन्दा कम आधार ब्याजदर भएका बैकंहरु बाट

मघ २० , काठमाण्डौ ः नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।


पुष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम आधार ब्याजदर भएका बैकंहरुभित्र नेपाल बैंक , नविल बैंक , एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक , हिमालयन बैंक , एनआईसी एशिया बैंक र प्रभु बैंक गरि जम्मा सात वटा बैकंहरु रहेका छन् ।

यि मध्य सबभन्दा कम आधार ब्याजदर नेपाल बैकं को रहेको छ । उक्त बैकंको आधार ब्याजदर ६ दशमलव ०६ प्रतिशत रहेको छ । नविल बैंक को आधार ब्याजदर ७ दशमलव ९४ प्रतिशत रहेको छ । जसको आधार ब्याजदर दोस्रो स्थानमा कायम रहेको छ ।


यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अन्य क्षेत्रमा कर्जा लगानी गर्दा आधार ब्यााजदरमा केही प्रतिशत थप गरेर कर्जा लगानी गर्नुपर्छ । यसरी कर्जा लगानी गर्दा बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको सिमा सम्म मात्रै ब्याज लिन पाउंछन । बैंकहरुले आधार ब्याजदरमा अधिकतम ५ प्रतिशतसम्म जोडेर कर्जा दिन पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।

You can share this post!