“तराजुमा प्रेम” बजारमा

साहित्यकार पबिन दाहालद्वारा लिखित ‘तराजुमा प्रेम’ उपन्यास बजारमा आएको छ। बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णहरि बराल, लेखकका दाइ सान्तिराम दाहाल, उपन्यास सम्पादक भुवनहरि सिग्देल, समालोचक एवम् साहित्यकार महेश क्षितिज लगायतले शनिबार संयुक्तरुपमा विमोचना गरेका छन्। उपन्यास विमोचनपछि साहित्यकार बरालले ‘तराजुमा प्रेम रहस्य, कौतुहल, सरलता र मिठासले भरिएको उपन्यास भएको निष्कर्ष निकालेका छन्। बरालले भने, ‘निरन्तरता र इमान्दारीले प्रेम प्राप्ति सम्भव छ भन्ने सन्देश यो उपन्यासको कथाले पुष्टि गरेको छ।

यो कथा पढ्ने पाठक कहिले रुन्छन्, कहिले मुस्कुराउँछन् त कहिले रोमाञ्चित बन्छन् आफैसँग।’ वरिष्ठ रेडियोकर्मी एवं उपन्यास प्रकाशक बुलबुल पब्लिकेशनका निर्देशक अच्यूत घिमिरेले ‘तराजुमा प्रेम’ उपन्यासले प्रेमको यथार्थ र परिभाषा बदल्ने शक्ति राख्ने बताए। देश बिदेशसम्म बगेको उपन्यासले पछिल्लो समयका पुस्ताले गरिरहेको प्रेम र यथार्थको सन्देश समेत बोकेको लेखक दाहालको भनाइ छ। उपन्यासको बारेमा समालोचना गर्दै मिलन दाहालले भने ‘यो उपन्यास पढ्नेले आफ्नै जीवनको प्रेमसँग तुलना गर्न बाध्य हुने छन्। यहाँ प्रस्तुत गरिएका रोचक घटनाक्रमले मानिसको मन तान्छ भन्ने विश्वास छ,’ दाहालले भने। सुरु सुरुमा पढ्न दिक्क पनि लाग्छ, । बेकार लाग्छन धेरै किस्साहरु । तर जब रहस्यको पोको तराजुबाट तप्प तप्प परेर चुहिन थाल्छ त्यो यसरी चुहिन्छ कि कितावको अन्तिम पानाले पनि एक रहस्यको पर्दा खोल्न छाड्दैन ।

अनि पो थाहा पाए त्यि बेकार लागेका किस्साहरुको स्वणिर्म महत्तवहरु । अरु उपन्यास पढिसक्दा त्यसपछि के भयो होला भन्ने लाग्न सक्छ । तर तराजूमा प्रेमले त्यो हुन दिँदैन, यस्ले त एउटा बेग्लै स्वाद दिन्छ, नौलो अनुभव दिन्छ । “ , म मन खोलेर भन्न सक्छु यो उपन्यास हामी जस्ता पाठकहरुको लागि नितान्त नौलो हो । अनि लेखकहरुको लागि पनि नयाँ उदाहरुण बन्न सक्छ । लेखक हरेक पाठकको मनसपटमा कहिलै नमेटिने प्यारो राइटर बनेर रहनेछन् । उनि नभएको भए यस्तो पुस्तक पढ्न पाउनु सायद यति चाँडै त असम्भव छ ? दाहालले झण्डै दुई वर्ष लगाएर लेखेको उपन्यासले साँचो प्रेम गर्दा त्यसलाई सामना गर्न सके प्रेम अमंर रहने विषयलाई समेटेका छन । उनका अनुसार यो उपन्यासले पहिलो प्रेम मात्रै महत्वपूर्ण या सबैथोक हो भन्ने मान्यतालाई तोडेको छ।

You can share this post!