सडक आन्दोलनमा उत्रियो ने. बि. संघ!

कठमाण्डौ, १४ माघ: पछिल्लो समय चिकित्सा शिक्षाक्षेत्रलाई ध्यानमा राख्दै नेपाल बिधार्थि संघ (ने. बि. संघ) सहित चिकित्सा क्षेत्रका अन्य ब्यक्तिहरुले काठमाण्डौको सडकमा केहि दिनअघि देखि नै आन्देलन गरिरहेका छन ।


डा. गोविन्द के. सी. चिकत्सा क्षेत्रसंग सम्बन्धित ब्यक्ति हुन् । चिकित्सा शिक्षाको क्षेत्रमा हुँदै आएका विभिन्न किसिमका बिकृतिहरु सुधारको माग गर्दै अहिलेसम्म पनि आमरण अनसनमा हुनुहुन्छ । यो उहाँको सोह्रौं आमरण अनसन हो।
उहाँको यो अभियानमा शुरुदेखि नै नेपाल चिकित्सक संघको सक्रिय सहभागिता रहँदै आएको छ । उहाँको “जीवन रक्षाको निम्ति” नेपाल चिकित्सक संघले देशव्यापीरूपमा बन्द हड्ताल जस्ता कार्यक्रमहरु गरिरहेको छ।

यसै आन्दोलनलाई सहयोग गर्न तथा निर्मला पन्तको हत्यारा छानबिन गर्नका लागि दबाब बढाउन लगायतका सरकारका असक्षमता बिरुद्दमा नेपाल बिधार्थि संघले आन्दोलनको सुरुवात गरेको छ। बिभिन्न कलेजहरुमा जस्तै बागबजार काठमाडौमा नेपाल बिधार्थि संघले सरकारको पुत्ला जलायका तथा नाराबाजी गरेर सरकारको बिरोध जनायका हुन।

You can share this post!