सुदुरपश्चिम प्रदेशबाट श्रम स्विकृति

मघ ११ ः नेपालबाट रोजगारीको शिलशिलामा विदेशिनेको सङख्या धेरै मात्रामा रहेको छ । विदेश जानको लागी श्रम स्विकृति लिनुपर्ने हुन्छ । उक्त श्रम स्विकृति लिनको लागि मान्छेहरु काठमाण्डौ धाउने गर्छन । अबभने वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको छ ।


आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनी वैदेशिक रोजगारीको श्रम स्वीकृति प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २, ५, ४ र ६ बाट पनि श्रम स्विकृति दिन थालिएको छ । मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुने भएको छ ।

You can share this post!