किताबी ज्ञान मात्रै पाएका विद्यार्थिलाई कम्प्युटर शिक्षा

माघ ११ ः बाजुराको दुर्गम क्षेत्रमा बिजुलिको बिस्तार भएसंगै जिल्लाका दुर्गम ठाउँमा रहेका विभिन्न विद्यालयमा कम्प्युटर शिक्षा प्रयोगात्मक कक्षाका रुपमा सुरु भएका छन । कम्प्युटर शिक्षा सुरु भएसंगै शिक्षक तथा विद्यार्थीहरु निकै उत्साही र खुशी भएका छन् भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।


किताब मात्रै अध्ययन गर्ने विद्यार्थिहरुले स्कुलभित्रै कम्प्युटर बिषयमा पढाई हुन थालेपछि बिदयार्थिहरु उत्साहित भएका छन । कम्पुटरको बारेमा किताबमा मात्रै पढेका विदयार्थिहरुले कम्प्युटर को प्रयोगात्मक कक्ष्ाँ नै लिन पाएका छन । सामुदायक विद्यालयमा नै कम्प्युटर उपलब्ध गराएपछि दुर्गम गाउँका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्नका लागि सदरमुकाम धाउन पर्ने बाध्यता हटेको छ ।


बाजुरामा संचालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई लक्षित गरि शिक्षाका लागि चाहिने आवश्यक सामाग्रिहरु उपलब्ध गराउदै आएको छ । विद्युतिय सेवा नभएको क्षेत्रमा भने सौर्य उर्जाबाट पनि विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुदै आएको छ ।

You can share this post!