उखु बेच्न नपाउदा उखु किसानलाई सास्ती


काठमाण्डौ १० माघ ः कूषी पेसामा सङलग्न प्राय जसो धेरै मानिसहरुले उखु खेति गर्दै आएका छन् । उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि कयौ किसानहरुको उखु बारिमै सुकिरहेका छ ।

उखुको प्रतिक्वृन्टल रु ५३६ मुल्य सरकारले नै निधारण गरेको छ ।
सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मुल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेबमोजिम उखुको मूल्य किसानलाई दिन नसक्ने भन्दै अहिले कयौ चिनी उद्योग सञ्चालनमा छैनन । जबसम्म चिनीको न्युनतम मुल्य निर्धारण हुदैन तबसम्म सरकारले निर्धारण गरेको उखुको मुल्य दिन नसक्ने उद्योग सञ्चालकहरुको भनाई छ ।


पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको अहिलेसम्म उचित व्यवस्थापन गर्न गर्न सकेको छैन । प्रायजसो पश्चिमी जिल्लाहरुमा अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ ।

You can share this post!