कहिले सम्म आंउछ त मेलम्ची खानेपानी

काठमाण्डौ, १० माघ ः कठमाण्डौ मेलम्चिको खानेपानी आउने भनेको पनि वर्षौ बितिसक्यो । तर मेलम्चिको खानेपानि घरको धारामा आउने सर्वसाधारणहरुको सपना भने सपनामा नै सिमित रहेको छ । अहिलेसम्म पनि काम लथालिङग नै छ । अब कहिलेसम्म आउछ त खानेपानिको धारामा ।


खनेपानि मेलम्चिको जिम्मा इटालियन ठेकेदार कम्पनी सीएमसी लाई दिईएको थियो । तर अहिले आएर उनले त्यो ठेक्का छोड्ने निर्णय गरेका छन् । अब उनले त्यो काम छोडिसकेपछि कसलाई जिम्मा दिने त । अब को केहि दिनपछि उक्त ठक्का सरकारले नेपाीि सेनालाई दिने भनेर छलफल गरिरहेको छ । नांया ठेकेदार आएपछि काम सहजतापुर्वक अगाडि बढाउन केहि जटिल हुने भन्दै अबको बांकि काम सकाउनको लागि सरकारले नेपाली सेनालाई विकल्पको रुपमा छनोट गर्दैछ । तर यसबारे कुनै ठोस निर्णय भने अहिलेसम्म पनि भईसकेको छैन ।


मेलम्ची उपत्यकामा काम गर्न सहज छैन । तर मेलम्ची खानेपानी आयोजनामा अहिले सुरुङको फिनिसिङदेखि थुप्रै प्राविधिक काम गर्न बाँकी नै छ । यसका लागि अझै २ अर्बभन्दा बढी खर्च हुने अनुमान छ । यो काम एकै ठेकेदारमार्फत गराउने हो भने ग्लोबल टेण्डरमा जानुपर्छ ।मेलम्ची आयोजना अघि बढाउन विभिन्न प्राविधिक जटिलता र जोखिमहरु रहेका छन् ।

You can share this post!