सेयर ब्रोकर कार्यालयहरुमा अझै भिड


काठमाण्डौ, ९ माघ : शेयर कारोबारमा अनलाईन प्रणलि सुरु भएको लगभग धेरै समय भईसकेको छ । तर अनलाईन कारोबार प्रणली उपयुक्त तरिकाले सञ्चालन हुन सकेको छैन । पछिल्लो समय सेयर बजार लगातार घटिरहेको छ। कहिलेकाहीँ उकालो लाग्दा पनि थोरै अंकले मात्रै वृद्धि हुने गर्छ। शेयर बजारको लागि अनलाइन कारोबार प्रणाली सुरु भईसकेपनि अझै सेयर ब्रोकर कार्यालयहरुमा उत्तिकै भीड देखिन्छ । किनकि सबैले घरमै बसीबसी कारोबार गर्न पाए पछि ब्रोकरसम्म पुग्नुपर्ने हुन्छ ।
घरमै बसीबसी सेयर कारोबार गर्न चाहेको भए पनि अनलाइन कारोबार प्रणालीमा समय समयमा देखिइरहने समस्याका कारण विश्वास गर्न नसकेर ब्रोकर कार्यालयमा आउनुपरेको छ।

You can share this post!