काठ्माण्डौ उपत्यका सहित देशभर पानि

काठमाण्डौ, ९ माघ : पश्चिमी वायुको प्रभाव कारण हिजो बिहान देखि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशमा विभिन्न ठाउँमा पानि परिरहेको छ । हिजो गएराति पश्चिमका विभिन्न पाहाडि जिल्लामा हिमपात भएको थियो भने आज देशभरको मौसम बदली भइ पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको छ । आज काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने संभावना रहेको छ ।
यो वर्षको हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

You can share this post!