स्थानीय तहमा बैंक नहुँदा स्थानियलाई सास्ती

काठमाण्डौ, ७ माघ : डोटीका स्थानीय तहमा बैंक नहुँदा ् विभिन्न बैंकिङ कारोबार देखि सरकारी कामकाजमा समेत समस्या हुन थालेको छ । डोटी जिल्लामा रहेका नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक पुग्न सकेका छैनन् ।

स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको छ । सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपर्ने हुन्छ । यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती भोग्नुपर्ने अबस्था छ ।


सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका छन ।स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएकोछ ।

You can share this post!