गएरातिदेखि हिमपात सुरु , जनजिबन कष्टकर

काठमाण्डौ , ८ माघ ः सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात सुरु भएसंगै जनजिबन कष्टकर बनेको छ।

पश्चिम वायुको प्रभावका कारण आज उपत्यका सहित पश्चिम नेपालको मौसमी बदली भई आज बिहान सुदुरपश्चिमका केहि पाहाडी जील्लाहरुमा हिमपात भएको छ । भने कुनै कुनै ठांउमा पानि पनि परेको छ । सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, आछाम, डोटी, डडेल्धुरा , दार्चुला, बाजुरा लगाएतका पहाडि भेगमा हिमपात संगै चिसो बढेको छ । चिसो बढेको कारण त्यहांको जनजिबन बिहानदेखी नै कष्टकर बनेको छ ।


हिमपातका कारण बाली नाली सप्रिने भनेर एकातिर किसानहरु खुसि भएका छन भने अर्कोतिर हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।

You can share this post!