डोटीमा दुई विदेशी नागरिक पक्राउ

गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन डोटी पुगे  एक  महिला र एक पुरुष  दुई विदेशी नागरिक डोटीमा पक्राउ परेका छन । डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट आकाशमा ड्रोन उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर नृपबहादुर बोहराले जानकारी दिनुभएको थियो । उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ । क्सन एडले डोटीमा सम विकास केन्द्र नेपालसङ्ग साझेदारी गरेर कार्यक्रम सन्चालन गरिरहेको र उनीहरुका बारेमा विस्तृत अनुसन्धान भैरहेको छ ।

You can share this post!