बैंकहरुले ब्याजदर बढाउदै

मंसिर २०,  काठमाडौँ : नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दतीमा गरेको ब्याजदरको परिवर्तनसंगै निक्षेप तान्नका लागि विभिन्न बैंकहरु बिच व्याजदरको प्रतिस्पर्धा बढ्दै गईरहेको छ । व्यक्तिगत मुद्दती खातामा भएको परिवर्गनसंगै जनता बैंकले कम्तीमा १ लाख रुपैयाँ मौज्दात राख्दा १२ प्रतिशत व्याजदर दिने घोषणा गरेको थियो । त्यसपछि माछापुच्छ्रेले न्युनतम मौज्दात ५० हजार रुपैयाँ राख्दा साढे १२ प्रतिशत दिने निर्णय लियो भने माछापुच्छ्रेलाई अर्को कुमारी बैंकले पछाडि पार्दै न्युनतम १० हजार मौज्दातमै १३ प्रतिशत दिने घोषणा गरेको छ । सीमित केही बैंकले मात्रै व्याजदर बढाउँदा भएको निक्षेप पनि खोसिने डरका कारण अन्य बैंकहरुले समेत व्यक्तिगत मुद्दतीमा व्याजदर बढाउन सक्ने सम्भावना रहेको छ ।

You can share this post!