आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उहाँले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताउनुभयो ।
सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गर्नुभयो । उहाँले रु ४५ लाखमा पसलको बीमा गर्नुभएको थियो ।
औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिनुभयो । केही महीना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो । -रासस