चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने

बैंकिङ क्षेत्रको सुरुवात संगै बढिरहको प्रतिसपर्धालाई ध्यानमा राखि बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा अर्थतन्त्रलाई नै समस्या पर्ने भन्दै लामो समयदेखि बैंकर्स संघले भद्र सहमति गरेर निश्चित ब्याजदर तोकेको थियो । अब बैंकमा व्यक्तिगत मुद्धति निक्षेप राख्दा आपनो ईच्छा ले राख्न सकिने भएको छ । यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने हमति थियो ।मंगलबारको बैंकर्स संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपमा विगतमा भएको सहमति खारेज गरेर बैंकले आफूलाई मन लागेजति ब्याज दिनसक्ने ब्यवस्था गरेको छ ।

यो क्रममा संघको निर्णय आए लगत्तै जनता बैंक नेपालले बुधबारदेखि लागू हुने गरी व्यक्तिगत निक्षेपमा हालसम्मकै सर्वाधिक १२ प्रतिशत ब्याजदरको स्किम कार्यान्वयनमा ल्याएको छ । अर्कोतर्फ बैंकहरुको स्रोतको लागतमै वृद्धि भई ऋणको ब्याज अझै महंगिने भएपछि यसले बजारलाई अझ बढी नकारात्मक प्रभाव पार्नसक्छ ।

You can share this post!