अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा

नेपालका विभिन्न विश्वविद्यालय अन्तरगत संचालित आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई खेलकूदको माध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रलाई विश्वसामू चिनाउने अभिप्रायका साथै राष्ट्रमा विश्वविद्यालय अन्तरगत संचालित क्याम्पसहरुबिच खेलकूदको माध्यमबाट भाइचारा कायम गर्ने र दक्ष सबल र प्रतिभावान खेलाडी उत्पादन तथा पहिचान गरी खेलकुद क्षेत्रको समग्र बिकास र बिस्तार गर्ने उद्देश्यले नेपाल सरकार, शिक्षा मन्त्रालय, युव तथा खेलकुद मन्त्रालयको सिफारिशमा प्रचलति नेपाल कानुन बमोजिम दर्ता  भई आएको विश्वविद्यालय खेलकुद संघ नेपाल हो ।

अन्तराष्ट्रिय बिश्वविद्यालय खेलकूद माहासंघ -International University Sports Federation , FISU) ले मनाउादै आएको  FISU day 20 September का दिन लाई यस बर्ष पनि सधैं झै मनाउने भनि आफना सदस्य राष्ट्रहरुलाई दिएको सुझाव तथा निर्देशन बमोजिम नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले  शान्ति दौड तथा एक दिने खेलकुद सम्बन्धि कार्याक्रम गर्ने भएको छ । ग्लोबल कलेज अफ म्यानेजमेण्ट मध्यबानेश्वरबाट बिहान ७:०० बजे शुरु हुने प्रभात फेरी नयाँ बानेश्वर पुगेर पुन : मध्य बानेश्वर ग्लोबल कलेजमा पुगी सम्पन्न हुने भएको छ । सो कार्यक्रम रा.खे.प. बोर्ड सदस्य एकेन्द्र कुंवरले रिबन काटी उदघाटन गर्ने छ्न । ग्लोबल कलेजको विद्यार्थी तथा विभिन्न खेल संघका करिब ५०० जनाको सहभागिता रहने  अनुमान गरिएको छ।

यसै दिन ASUF Sub Regional  Sports Seminar को आयोजना गरिएको छ । रा.खे.प. को सदस्य सचिव केशब कुमार विष्टद्धारा उदघाटन गरिने छ । सो कार्यक्रममा नेपालका सबै विश्वविद्यालयका प्रतिनिधी र विभिन्न खेल संघको पदाधीकारी तथा खेलाडीहरुको उपस्थिती रहने छ।

 

महासचिव पूर्णसिहं बोहरा

You can share this post!