फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई

काईटसंचार संबाददाता (मिति २०७५-०६-०२ गते काठमाडौं) – प्रेस काउन्सिल नेपालको ४९ औ बार्षिकउत्सव मिति २०७५ साल असोज ०६ गते राष्ट्रपतिको कार्यालत शितल निवास काठमाडौंमा हुन गईरहेको सन्दर्भमा काउन्सिलले साताब्यापी रुपमा बिभिन्न अतिरिक्त कार्यक्रमहरु मिति २०७५ साल असोज ०१ गतेदेखी ०५ गतेसम्म गरिरहेको छ। यसै सन्दर्भमा मिति २०७५ साल असोज ०२ गते अपरान्ह भृकुटिमण्डपस्थित फनपार्कमा भएको फुटसल ग्राउन्डमा फुटसल प्रतियोगीता सम्पन्न भएको छ। फुटसलका लागि ४ बिभागिय टिमहरुले भाग लियका थिए।जसमा सूचना तथा प्रसारण विभागको टिमले उपाधि हासिल गरेको थियो।

यसैगरी नेपाल पत्रकार महासंघको टिम उप बिजेता बनेको थियो।

फुटसलको उल्लेखीत टिमहरुमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु श्री गोबिन्द चौलागाई, श्री ईश्वरी प्रसाद ओझा, काउन्सिलका मुख्य अधिकृत श्री झबिन्द्र भुसाल, नेपाल पत्रकार महासंघका महासचिव श्री रमेश बिष्ट लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो।

You can share this post!