थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने

काईटसंसार सम्बाददाता,

3 भदौ, काठमाडौं

थप ३ करोड लिटर पानी  काठमाडौंमा दैनिक   वितरण थालिएको छ ।  नयाँ प्रशोधन केन्द्र सुन्दरीजल बाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।
सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।

बागमतीको पानीलाई नयाँ ‘टि्रटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ ।  १७ करोड लिटर पानी दशैंसम्म मलेम्चीबाट काठमाडौं ल्याउने योजनामा साथ काम भइहेको छ ।

सरकारले बागमतीको पानी वितरण काठमाडौंमा पानीको माग बढ्दै गएकाले लाइनमा थपेको हो ।

अहिले मेलम्चीको पानी आएपछि वितरण गर्न पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मेलम्चीको सुरुङ फिनिसिङको काम पनि अघि बढेको छ भने हेडवक्र्समा अस्थायी संरचना तयार गरेर पानी काठमाडौं ल्याउन काम हुँदैछ ।

मेलम्चीको काम अझै नसकिएकाले पानी कहिले काठमाडौं आइपुग्छ भन्ने टुंगो छैन । यस्तो अवस्थामा खानेपानी संस्थानले थप ३ करोड लिटर पानी वितरण सञ्जालमा थपेको छ ।

यसले सर्वसाधाराणलाई रहात पुग्ने दावी खानेपानी तथा सरसफाइ मन्त्रालयको छ ।

You can share this post!