पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

काईटसंसार सम्बाददाता,

शनिबार, भदौ २, २०७५

बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री सुवेदी , जस्मिन ओझा लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ। बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई प्रदर्शन गर्नबाट समेत रोक लगाएको प्रहरीले सहभागिमाथि लाठी चार्ज को छ।प्रहरीले प्रदर्शनकारी महिलालाई हातपात गर्दै आफ्नो भ्यानमा हालेको प्रदर्शनमा सहभागि   राजानन्द मानडव्यले  जानकारी दिए ।

अहिले भने सबै जनालाई रिहा गरिसकेको प्रहरी स्रोत ले जनायको छ .।

Image may contain: 8 people, people standing, crowd and outdoor
मुलुकमा बलात्कार लगायत आपराधिक घटनामा वृद्धि आएपनि सरकार त्यसमा संवेदनशिल नबनको भन्दै शनिबार दिउँसो स्वतस्पूर्तरुपमा युवाहरु प्रर्दशनमा उत्रिएका हुन्। प्रहरी र प्रदर्शनकारीको झडपपछि माइतघरको स्थिति तनावग्रस्त बनेको छ।

Image may contain: 8 people, people smiling, people standing, crowd and outdoor

You can share this post!