धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

१४ असार, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवनबाट थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले कमला नगरपालिका ५ का राजवीर महतो र गंगा पासवानको मृत्यु भएको पुष्टि गरेको हो ।

थप दुई जनाको मृत्युसंगै उक्त घटनामा मृतकको संख्या ६ पुगेको छ । बुधबार दिउँसो बिषाक्त मदिरा सेवनबाट चारजनाको मृत्यु भएको थियो । कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० वर्षका रामचन्ऽ पासवान, ३६ वर्षका मणि पासवान र ४५ बर्षका साबिर अन्सारी रहेका छन् ।

प्रहरी उपरीक्षक गोविन्द थपलियाले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । त्यस्तै आजको प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ लाई मदिरामुक्त बनाउनुपर्ने प्रदेश संसदहरुले आवाज उठाएका छन् ।

मदिरारले स्वास्थ्य र समाजमा नराम्रो असर पारेको भन्दै संसदहरुले प्रदेश २ मा मदिरा प्रतिबन्ध गरिनुपर्ने माग राखेका हुन् ।

You can share this post!