पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

 

२६ वैशाख, काठमाडौं । पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

पीएसजीले यसअघि लिग वान र फ्रेन्च लिग कपको पनि उपाधि जितेको थियो ।

फ्रेन्च कपको उपाधि जित्ने क्रममा जिओवानी र एडिसन काभानीले गोल गरे । २६ औं मिनेटमा जिओवानीले गोल गर्दै पीएसजीलाई सुरुआति अग्रता दिलाएका थिए । २५ यार्डबाट जिओवानीले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा पीएसजीले गरेको एउटा गोललाई रेफ्रीले मान्यता दिएनन् । तर, ७४ औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गरेको गोलले पीएसजीलाई उपाधी दिलायो ।

चोटका कारण फाइनल खेल नखेलेका नेइमार उपाधि उचाल्ने बेला भने जर्सी लगाएर सहभागी भएका थिए ।

You can share this post!

Next article