नयाँ बर्षको शुभकामना!

बिक्रम संबत चलन चल्तीमा भएका देश, समाजमा आज बैशाख १ गतेलाई नयाँ बर्षको शुरुवातको रुपमा मनाउने गरिन्छ। नेपाल, भारत, बंगलादेश लगायतका मुलुकहरुमा बिक्रम संबतको चलन चल्ती गरेको पाईन्छ। भारतको उज्जैनका महाराज बिक्रमादित्यले युद्द बिजय गरेको अबसर पारि यो संबतलाई शुरु गरेको ईतिहास पाईन्छ।

नेपालमा बिक्रम संबतको शुभारम्भको दिन अर्थात बैशाख १ गते (बैशाख सक्रान्ति) को दिन राष्ट्रिय बिदा दिने गरियको छ। नयाँ बर्षको शुभारम्भको दिनमा आफन्त, साथिभाई लगायतसंग शुभकामना आदानप्रदान गर्ने आदि गर्ने गरिन्छ।

यसै अबसरमा काईट मिडिया ग्रुप प्रा.ली. को तर्फबाट हाम्रा सम्पुर्ण पाठक, दर्शक, शुभेच्छुकहरुलाई नयाँ बर्ष २०७६ साल को शुभकामना ब्यक्त गर्दछौ।

You can share this post!