लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

१ वैशाख, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले चिप्लिएर दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ । Source: onlinekhabar.com

You can share this post!