पिजडा : निभा शाह

        पिजडा

सामन्तवादी पिजडाका सुगाले
प्वाँख खुम्चाएर गाउँथे
गोपी कृष्ण को !

पुजीवादी पिजडाका सुगाले
प्वाँख फुकाएर गाउँछन्
गोपी लोकतन्त्रको !

स्वबन्दी चराले
जति नै स्वस्ती गीत गाउँन
स्वबन्दी चराको
पिजडा छुटदैन !

स्वबन्दी चराले
जति नै प्वाँख खुम्च्याउन
जति नै प्वाँख फुकाउन
स्वबन्दी चराको पिजडा छुटदैन !

पिजडा त
त्यो बन्दी चराको छुटछ
जसले पिजडा स्वाहा! गर्ने
आगो बोक्छ ।।

You can share this post!

Next article