शेयर बजारमा नेप्से परिसूचक २८ सय नाघ्यो

काठमाण्डौ – शेयर बजार परिसूचक मापक नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८०१.५२ कायम भएको हो । आज पाँच वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । पन्चकन्या माइ हाइड्रो, माथिल्लो तामाकोसी, मानुसी लघुवित्त, तेह्रथुम पावर र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य साढे ९ प्रतिशतले बढ्यो भने टेलिकमको मूल्य ८.८ प्रतिशतले बढेको छ ।

बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो । समग्रमा ८८ कम्पनीको मूल्य घटेको छ भने ९४ कम्पनीको मूल्य बढेको छ । आज कारोबार रकम बढेको छ । ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि मंगलबार ६९ अंकले परिसूचक बढ्दा ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो । बैंकिङ उपसमूह ४, व्यापार २५, होटल तथा पर्यटन ५१, जलविद्युत ७१, फाइनान्स ३२, अन्य १०५ र माइक्रोफाइनान्स उपसमूह ८ अंकले बढेका छन् ।

You can share this post!