आज दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाण्डौ – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ ।

You can share this post!