नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वमा अध्यक्षमा समर खत्री निर्वाचित

काठमाण्डाै – नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व सस्थापक मुलकमिटी अन्तरगत नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वका कतार, युएई, ओमन, इराक, साउदी, कुवेतले मध्यपूर्व देशहरुले एतिहासिक प्रथम अधिबेशन भव्य रुपले सम्पन्न गरेको छ । शुक्रबार भएको भर्चुअल मध्य पुर्ब मोर्चा को एतिहासिक अधिवेशनले समर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

युएईमा लामो समयदेखि नेपाली कामदारको हक अधिकारको पक्षमा काम गरिरहेका खत्रीको नेतृत्वमा बनेको समितिको केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा एस टी, उपाध्यक्ष विकल्प, कुवेत, उपाध्यक्ष क्रान्ति यूएई, उपाध्यक्ष गोमा थापा कतार, उपाध्यक्ष माधव घिमिरे साउदी रहेका छन् । त्यसैगरी, महासचिव साजन गुरुङ कतार, सचिव तिलक पुन साउदी, ओम दवाडी ओमन, कोषाध्यक्ष कमल पोखरेल युएई रहेका छन् । नयाँ कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अशोक केसी युएईलाई दिइएको छ ।

नयाँ कार्यसमितिको केन्द्रीय समितिमा मनमोहन सिंह–कतार, शुवास गिरी–कतार, ज्ञानेन्द्र राज भारती– कतार, खिमबहादुर पुन–कतार, विवश जिम्मा–कतार, तोया भट्ट–साउदी, शुवास मगर–साउदी, कैलाश मैनाली ‘किसु’–साउदी, पर्सा राम मगर–साउदी, आरजिएम मगर, देव तामाङ, हरिचन्द्र झाक्री, पे्रम सु्ब्बा–युएई, डिएस नेपाल, शेरबहादुर खड्का, रुपेश क्षेत्री, मार्शल, पशुपति खड्का, अर्जुन खड्का, हरि रोक्का–इराक रहेका छन् । त्यसैगरी नेपाली जनप्रगतिशिल मोर्चा मध्य पुर्ब को एतिहासिक प्रथम अधिवेशनले बेद बोहरा–कतार, तिर्थ पोख्रिन–साउदी र राजेन्द्र लिम्बू–कतार सल्लाहकार समितिमा चयन पनि गरेको छ ।

No description available.

You can share this post!