नेकपा काठमाण्डौ महानगर समितिको पुर्ण बैठक सम्पन्न, एमसीसीको विरोधमा ५ बर्ष पछि विप्लवले सम्वोधन गर्ने कार्यक्रमको तयारी तिव्र पार्ने

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर समितिको पुर्ण बैठक सम्पन्न भएको छ । महानगर समिति सेक्रटरी रोमिकको अध्यक्षता रहेको बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनष्टि पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति ईन्चार्ज अविरलले गरेका थिए । अमेरिकी सरकारले सैन्य रणनीति अनुरुप अगाडी ल्याएको एमसीसी परियोजना नेपाल सरकारले जवर्जस्त पारित गर्ने तयारी गरेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीले उक्त परियोजना खारेजीको माग सहित साता व्यापी चरणवद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

No description available.
नेपालमा एमसीसी परियोजनाको बहस प्रारम्भ भएदेखि नै नेपाल कम्युनिष्ट पार्टीले विरोध गर्दै आएको थियो । पुर्ण बैठक समापन पछि उक्त पार्र्टीका काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति ईन्चार्ज अविरलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीकोे लागि पार्टी केन्द्रले घोषणा गरेका संघर्षंका कार्यक्रम कार्यन्वयनको तयारी स्वरुप बैठक बसेको जानकारी दिए । संघर्षका कार्यक्रमलाई सफलिभुत पार्न बैठकले महानगर समितिलाई विभिन्न टिममा विभाजन गरेको छ । करिब ५ बर्ष पछि मात्र पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव विरोध सभालाई सम्बोधन गर्न सार्वजनिक हुने भएकोले विरोध सभाको बहुआयामिक महत्व रहेको उनले बताए ।

No description available.

संघर्षका कार्यक्रम अन्तर्गत २४ गते देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी सम्झौता जलाउने र गोन्जालोको रिहाइको लागि विरोध गर्ने, २७ गते देशव्यापी सीटी जुलुश र एमसीसी सम्झौता खारेज गर लेखिएको व्यानर बेलुनमा बाँधेर उडाउने र २८ गते विशाल विरोध सभाको आयोजनाको लागि महानगर समितिले शसक्त भुमिका निर्वाह गर्ने गरि निर्णय भएको बताए ।

No description available.
आर्थिक सहयोगको नाममा अमेरिकी सरकारले साम्राज्यवादी शासन लाद्ने मनासायले अगाडी सारेको एमसीसी परियोजना कुनै पनि हिसाबले नेपालको हितकर नभएको हुँदा त्यसको पुर्ण रुपमा खारेजीको लागि पार्टीले जस्तोसुकै संघर्ष गर्ने गरि बैठकले निर्णय गरेको ईन्चार्ज अविलले जानकारी गराए । यसै गरि बैठकका विशेष अतिथि तथा नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुरेन्द्र महर्जनले बैठकमा बोल्दै महानगर समितिले तय गरेका सम्पुर्ण कार्यक्रमहरु दुढतापुर्वक कार्यन्वयन गर्नुपर्ने बताएका थिए ।

No description available.

You can share this post!