नेकपा काठमाण्डौ महानगर २, १६ र २६ को संयुक्त वडा सम्मेलन सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २, १६ र २६ को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र सुभारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत कार्यक्रम गरिएको महानगर समितले जनाएकोछ ।

No description available.
नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर सल्लाहकार समिति सदस्य राम मल्लको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सदस्य विश्वप्रकासको सञ्चालनमा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समितिका ईन्चार्ज अविरलले गरेका थिए । तीनवटै वडाको उल्लेख्य एवं भव्य उपस्थितिमा सुरु भएको कार्यक्रममा अभियान टिम नं १ का सदस्य पीएलले स्वागत मन्तव्य राखेका थिए भने मगर मुक्ति मोर्चाका काठमाण्डौ जिल्ला अध्यक्ष ओजनले शुभकामना मन्तव्य राखेका थिए । नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष तथा एकीकृत जनक्रान्तिका घाइते योद्धा तथा भेलाका विशेष अतिथि सुरेन्द्र महर्जन, महानगर समिति सेक्रेटरी रोमिक, अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ जिल्ला कोषाध्यक्ष गोविन्द लगायतले मन्तव्य राखेका थिए ।

No description available.
संयुक्त भेलाले सामनाको नेतृत्वमा वडा नं २ को १३ सदस्यीय, पीएलको नेतृत्वमा वडा नं १६ को ११ सदस्यीय र विश्वप्रकाशको नेतृत्वमा वडा नं २६ को ९ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ । संगठित सम्पुर्ण कार्यकर्ताहरुलाई कार्यक्रममा प्रमुख अतिथि अविरल र विशिष्ट अतिथि सुरेन्द्र महर्जनले खादा र अविर लगाइ भव्य स्वागत गरेका थिए । साथै प्रमुख वक्ताको रुपमा ईन्चार्ज अविरलले पार्टीले अगाडी सारेको एकीकृतत जनक्रान्तिको कार्यदिशा र त्यसको माध्यमबाट समाजवादमा पुग्ने पछिल्लो कार्यनिती प्रगतिशिलहरुको संयुक्त सरकार, संयुक्त सरकारको नेतृत्वमा जनमत संग्रहबारे विभिन्न कोणबाट व्याख्या, विश्लेषण सहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

No description available.
नेता अविरलले नेपाल र नेपाली जनताका यावतखाले समस्याको हल गर्न सक्ने एकमात्र लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकोले आम जनता र सम्पुर्ण पार्टी पंक्तिले एकीकृत भएर क्रान्तिको पक्षमा उभिनु पर्ने बताए । साथै वर्तमान सरकारले एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसदबाट पारित गर्न खोजेकोले त्यस परियोजना खारेजीको लागि पार्टी केन्द्रले चरणवद्ध रुपमा अगाडी सारेका संघर्षका कार्यक्रममा उत्साहजनक ढंगले सहभागी बन्न पनि निर्देशन दिएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

You can share this post!