प्रवासमा प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश गर्नेहरुको लर्को

भारत – प्रवासी नेपाली जनसमाज भारत हैद्रावाद केरेला संयुक्त राज्य संयोजन समिति उत्तर नगर समिति अन्तर्गत सैनापुरी एरिया भेला चक्र विकको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य दल बहादुर विक अतिथि नगर अध्यक्ष रुप राज भण्डारी उपाध्यक्ष नेत्र न्यौपाने, अमर सिंह भुल सचिव नृप चलाउने कोषाध्यक्ष विपना विकको उपस्थितिमा एरिया भेला सम्पन्न भएको छ । उक्त एरिया भेलामा नेपाली काङ्ग्रेस र एमाले परित्याग गरि पुष्कर शाही, नेत्र धामी, नवीन विक, मान ब विक प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश भएका प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत वानसबाडी एरिया अध्यक्ष जीवन बाेगटीले जानकारी गराए ।

You can share this post!