नेकपा काठमाण्डौ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला अन्तर्गत काठमाण्डौ महानगर समिति वडा नं. १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनष्टि पार्टीले केहिदिन यता प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत देशव्यापी रुपमा संगठन विस्तार कार्यक्रम तिव्रताका साथ अगाडी बढीरहेको छ । २७ र २८ वडामा यसअघि नै भेला गरिसकेको महानगर समितिले आज मात्रै चार वडामा एकैदिन विशाल संयुक्त भेलाको आयोजना गरेको हो ।

No description available.

नेपाल कम्युनष्टि पार्टी काठमाण्डौ महानगर समिति अन्तर्गत वडा नं १५, १८, १९ र २० बाट करिब २५० भन्दा बढीको उपस्थिति रहेको भेलाको सञ्चालन काठमाण्डौ महानगर समिति कार्यालय सचिव संघर्षले गरेका थिए । “जनसेवा तथा संगठन विस्तार अभियान” टीम नं ७ का ईन्चार्ज दिपक अध्यक्ष रहेको भेलाको प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समिति ईन्चार्ज अविरलले गरेका थिए । अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ जिल्ला कोषाध्यक्ष गोविन्दको स्वागत मन्तव्य बाट सुरु भएको भेलामा कागेश्वरी मनोहरा नगर समिति ईन्चार्ज सफलले समेत मन्तव्य राखेका थिए भने सफल, कमल, उषा, आजाद लगायतको पनि भेलामा उपस्थिति रहेको थियो ।

No description available.

संयुक्त भेलाले काठमाण्डौ महानगर समिति वडा नं १५ मा प्रेमको नेतृत्वमा ७ सदस्यीय, वडा नं १८ मा गोबिन्दको नेतृत्वमा ११ सदस्यीय, वडा नं १९ मा संघर्षको नेतृत्वमा १५ सदस्यीय र वडा नं २० मा दिपकको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको नेकपा काठमाण्डौ महानगर समितिले जनाएको छ । नव गठित सम्पुर्ण सदस्यहरुलाई खादा र अविर लगाएर स्वागत गर्दै भेलाका प्रमुख अतिथि अविरल चन्दले बधाई सहित शुभकामना समेत व्यक्त गरेका थिए । साथै नेता चन्दले नेपालमा दलाल संसदीय व्यवस्था पुर्ण रुपमा असफल सिद्ध भैसकेकोले आफ्नो पार्टीले त्यसको विकल्पको रुपमा वैज्ञानिक समाजवादी सत्ताको अवधारणा अगाडी सारेको भन्दै दिन प्रतिदिन सयौँको संख्यामा उर्जावान युवा पंक्ति पार्टीमा गोलबद्ध हुनुले एकीकृत जनक्रान्तिको विजय सन्निकट रहेको समेत उल्लेख गरे । देशको वर्तमान समस्याको निराकरण पात्रको फेरबदलले मात्र नहुने भन्दै प्रमुख अतिथि अविरलले त्यसको लागि एकपटक आम नेपाली जनताले जनक्रान्तिको महाअभियानमा एकीकृत हुन आवहान समेत गरे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

You can share this post!