नेकपा डडेल्धुरा द्वारा सेक्रेटरी बोहराका बुवा प्रति शोक वक्तव्य

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराले पार्टीका जिल्ला कमिटी सदस्य तथा परशुराम नगरपालिका सेक्रेटरी क. लाल बहादुर बोहरा ‘सन्तोस’ का बुवाको निधन प्रति शोक वक्तव्य जारी गरेको छ । परशुराम नगरपालिका वार्ड १२ मा बसोबास गदै आएका सेक्रेटरी ‘सन्तोष’ का पुजनिय बुबा जयकृष्ण बोहराको निधन आज शनिबार ८१ बर्ष को उमेरमा भएको जारि विज्ञप्तिमा उल्लेख छ ।

उहाको स्वर्गारोहण भएको खबरले हाम्रो जिल्ला पार्टी मर्माहित भएको र यस दुःखद घडीमा स्वर्गिय बुबा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै , शोक सन्तप्त परिवारजन एवम् इस्ट मित्रमा गहिरो समवेदना प्रकट गर्दछौ भनि नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका जिल्ला सेक्रेटरी बिजयले विज्ञप्ति जारी गरेका छन् ।

No description available.

You can share this post!