काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै जिल्ला काठमाण्डाै महानगर समितिले जनसेवा तथा संगठन विस्तार अभियानकाे उद्घाटन गरेकाे छ । जनसेवा तथा संगठन विस्तार अभियान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनले उक्त कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले कार्यक्रममा वैज्ञानिक समाजदकाे अावश्यकता, महत्व र अाैचित्यताबारे विषद ब्याख्या गरेका थिए । काठमाडौ महानगर समितिका इन्चार्ज अविरल चन्द अध्यक्षता रहेकाे कार्यक्रममा जिल्ला सेक्रेटरी राजेन्द्र महर्जन र विभिन्न जबसका नेता, कलाकार लगाएतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमा रोमिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विषमले गरेका थिए ।
कार्यक्रमकाे अध्यक्षता गर्दै इन्चार्ज अविरल चन्दले महानगर समितिकाे कार्यपत्र प्रस्तुत गर्दै २ महिनासम्म सञ्चालन हुने अभियानकाे मुख्य उदेश्य संगठन निर्माण, जनसेवा तथा जनश्रम रहेकाे बताएका थिए । अभियानमा पार्टीकाे तत्कालिन कार्यनिति र रणनितिकाे बारेमा अाम जनतालाइ घरदैलाे तथा काेणसभा, पीढीसभा र भेटघाट मार्फत बुझाउदै जाने भन्दै एकढिक्का भएर अभियानमा सक्रियताका साथ सहभागी बन्न नेता कार्यकर्तालाइ निर्देशन दिएका थिए ।
थप तस्वीरहरू