अबकाे तीन दिन भारी बर्षा हुने सम्भावना

काठमाडौं – आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’

You can share this post!