महिला हिंसा तथा जातिय विभेद विरूद्द अनेमसंघ क्रान्तिकारीकाे प्रेस विज्ञप्ति

 काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालमा पछिल्लो समयमा एक पछि अर्को गर्दै लगातार भइरहेका महिला हिंसा र जातिय विभेदका घट्नाप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले शनिबार प्रेस जारी गर्दै पछिल्लो समय देशैभरी घटेका हत्या हिंसाका घट्नाहरुप्रति ध्यानाकर्षण भएको भन्दै विरोध तथा भत्र्सना गरेकी छिन् ।

अध्यक्ष चन्दको विज्ञप्तिमा भनिएको छ –‘सुर्खेतमा भएको राउटे युवतीहरुमाथिको यौ’नहिं’सा, सल्यान दार्मा गाउँपालिकामा खिमा खड्का खत्रीको बला’त्कार पछि ह’त्या, काठमाडौँको दक्षिणकालीमा सन्तोषी सुब्बाको विभ’त्स ह’त्या, डडेलधुरा पर्शुराम नगरपालिकामा स्वास्थ्य संस्थाकी कर्मचारी अस्मिता धामीको ह’त्या जस्ता जघन्य अप’राधका घट्ना लगायत दिनहुँ जस्तो सुनिने देखिने ह’त्या बला’त्कार, कुट’पीट, मानसिक यातना जस्ता महिला हिंसा र देशकै राजधानी काठमाडौँमा रुपा सुनारमाथि गरिएको जातीय विभेदको घट्नाको नेपाली समाजको विद्यमान सामाजिक अवस्था र विकृत मनस्थितिको कुरुप चित्र उजागर गरेको छ । समाजमा घट्ने यस्ता घट्नाहरुमा अधिकांश पीडित पक्ष उत्पीति वर्ग र समुदाय हुनुले नेपालको राज्यव्यवस्था र सामाजिक संरचना विभेदकारी र उत्पीडनकारी भएको कुरालाई अभिव्यक्त गर्दछ ।’

साथै विज्ञप्तिमा कोरोना महामारी र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट आक्रान्त बनिरहेको नेपाली जनजीवनमा मानव भनिने प्राणीबाट गरिने जस्ता अमानवीय जघन्य अप’राधका घट्नाहरुलार्ई न्युनीकरण गर्नु थप घट्ना निम्त्याउन वा अपराधीलाई मलजल गर्नु सरह हुन जाने उल्लेख छ ।

हेर्नुस विज्ञप्ति

You can share this post!