युवालाई मात्र होइन घाइते याेद्दालाइ पनि केन्द्रिय समितिमा राख्न कार्यकर्ताको प्रचण्डलाई सुझाब

श्रदेय अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू

नेकपा माओवादी केन्द्र

पेरिसडाडा कोटेश्वर काठमान्डौ ।

 

 

बिषय – छोटो सल्लाह र सुझाब ।

 

हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका श्रदेय अध्यक्ष क. प्रचण्ड ज्युबाट हालै केन्द्रीय कमिटी थप गर्ने र त्यसमा ४० बर्ष पेरिफेरिका युवाहरुलाई विशेष प्राथमिकता भन्ने कुरा छ यो एकदमै राम्रो निर्णय लाग्यो । म बाल्यकाल देखि नै तपाइकै बिचारमा समाहित एक कुशल र होनहार जुझारु कार्यकर्ता हु । बाचुन्जेल तपाईकै मोर्चामा सहभागी हुने समेत प्रतिज्ञा गरेको छु र सक्रीय रुपमा अहिले पनि गरिरहेको छु ।

म हाल शारीरिक रुपमा आपाङ्ग भएपनी मानसिक रुपमा एकदमै सक्रीय साधारण सदस्य छु । तर अहिले सम्म कुनै पनि समितिमा समाबेश छैन । तर पनि म छोटो सुझाब दिन चाहन्छु । पछिल्लो समय पार्टिमा राजनितिक टकराब संगै गडबड भैरहेको हामी सबैलाई थाहा नै छ तर यसमा समस्या अरु होइन हामी भित्र पनि कमजोरी खोतल्नु पर्छ ।

आफू बलियो भएर मात्र अरुलाई निहु खोज्ने हो त्यसैले पहिला पार्टी व्यवस्थापनमा केन्द्रित रहौ जसमा तपाइले जुन निर्णय गर्नु भयो युवाहरुलाई सहभागी गराउने यो सराहनिय छ । र त्यसमा पनि म के थप गर्न चाहन्छु भने आपाङ्ग घाइते देखि सहिद बेपत्ता परिवारलाई र जुन अयोग्य भनिएको पुर्व जनमुक्ति सेनाहरुलाई समेत छलफल गरि केही लाई केन्द्रिय समितिमा समेट्दै अन्य फुटेको माओवादीहरु संग एकताको प्रयास जारी राख्नु भयो भने पक्कै हामी फेरि माओवादीमय हुनेछ भन्नेमा विश्वास्त छु ।

क. प्रचण्ड कै नेतृत्वमा फेरि एकपटक देशमा नया छलाङ सहित माओवादी मोर्चा र पार्टी गठन भएर देशमा राज्यसत्ता सन्चालन गर्ने आशा राख्दछु ! न्यानो अभिवादन सहित क्रान्तिकारी लाल सलाम ✊

सुरेन्द्र कुमार बम्जन ( हाल आपाङ्ग )

सिन्धुली घ्याङलेख गापा – १ अमले मोबाइल – ९८५११८९००६

You can share this post!