नेकपा काठमाडौ महानगरको बिस्तारित बैठक सम्पन्न

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिको कार्यालयको बिस्तारित बैठक सम्पन्न भएको छ । कोरोना महामारीको कारण जारी निशेधाज्ञामा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै उक्त कार्यक्रम समपन्न गरिएको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिले जानकारी गराएको छ । काठमाडौ महानगर समिति कार्यालय सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका काठमाडौ जिल्ला सचिवालय सदस्य तथा महानगर ईन्चार्ज कमरेड सौगातले पछिल्लो विकसित राजनितीक घटनाक्रमबारे सबिस्तार व्याख्या गर्दै नेपाल कम्युनिष्ट पार्टीको आगामी रणनिती र कार्यनितिको बारे बिस्तृत चर्चा गरेका थिए ।

साथै सरकार र नेकपा बीच सम्पन्न ३ बुँदे सहमति पश्चात् पार्टीले अगाडी सारेको एजेण्डा प्रगतिशिलहरुको संयुक्त सरकारको नेतृत्वमा वैज्ञानिक समाजवाद र दलाल पुँजीवादको फैसला गर्न जनमत संग्रहको महत्व, आवश्यकता र त्यसका आधारबारे बुँदागत रुपमा व्याख्या गर्दै प्रमुख वक्ता क. सौगातले कोभिडले आम जनजीवनमा पारेको प्रभाव र त्यसले निम्त्याएको संकटमा आम जनता सँग एकाकार हुन पनि निर्देशन गरेका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अखिल क्रान्तिकारी काठमाडौ जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सचिवालय सदस्य कमरेड गोबिन्द बिष्टले पनि समसामयिक राजनैतिक विषय वस्तुबारे गहन बिश्लेषण सहित आफ्नो विचार राखेका थिए ।

साथै काठमाडौ जिल्ला सल्लाहकार कमरेड देवीराम भुषालले पनि पार्टीले उठाएका हरेका एजेण्डाको दृढतापुर्वक कार्यन्वयन गर्न सुझाव पेश गरेका थिए । पार्टीको महानगर समितिको बिस्तारित बैठकले कोरोना महामारीका कारण देशभरमा भएको रगत अभावलाई मध्येनजर गर्दै काठमाडौ जिल्ला पार्टीको आयोजनामा यहि असार १३ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने र कोभिड महामारी तथा बाढी पहिरोका कारण पिडीत अति विपन्न नागरिक, शहिद, घाइते तथा वेपत्ता योद्धा परिवारलाई राहत वितरण गर्ने पनि निर्णय गरेको थियो ।

बैठकका झलकहरु तस्विरमा

You can share this post!