ए युवाहरु हो !

कविता

कुमारसेन क्षेत्री

उठौ, जुटौ बोलौ अन्यायमा परेका,

भोका नाङ्गा ए ! युवाहरु हो,

पुन देशमा क्रान्ति ल्याउन जागौ,

नवशक्ति ए युवाहरु हो

देश त पुरै खाइहाल्ने भए,

गद्दार देशका घातकहरुले,

केकसो गरेर हुन्छ परिवर्तन ल्याउनु छ,

ए युवाहरु हो

भोलि र पर्सि नहेरौ हामि लागौ,

तनमन कम्मर कसेर,

बन्दुक, बारुतको झोला

बोक्नुपर्ने नै भयो,

ए युवाहरु हो ।

मन्द मौनतामा बस्दा यहाँ

शोषक वर्गले मार्नै पो लागेछ,

देशमा पुन: अब अन्तिम युद्ध

लड्नैपर्ने भो,

ए युवाहरु हो ।

सुकुम्बासी गरिव बस्तीहरुमा

दिउसै रात पारिएकाे छ,

दलालको गुलाम बनि कति बस्ने अब,

ए युवाहरु हो ।

गास, बास र कपास, नपाई

तड्बियो गरिब जनता देशमा,

सत्यमा अडिग रहेर बिगुल फुक्नु छ यहाँ,

ए युवाहरु हो ।

नत विकास छ नत आहार छ यहाँ,

देश डुब्यो सँकटमा,

दलाल शाषकको ज्याजति चलेछ यहाँ,

ए युवा हरु हो ।

You can share this post!