शहिद रतनकाे स्मृतिमा

कविता

शंकर दाहाल

ए शहिद तिम्रो सपना

अहिले पनि अधुरो अपुरो छ ।

त्यो कुरा तिमिलाइ थाहाँ छैन होला

हिजो तिमिले गरेको बलिदान लाइ

भजाएर, आत्मसमर्पणबादि,  धोकेबाज नेताहरुले

मजाले देश चलाइ रहेका छन ।

ए, शहिद अहिले तिम्रो सम्झनामा

वर्षको एकदिन भएपनि

शहिद दिवस मनाइ तिम्रो तस्बिरमा

माल्यार्पण गर्ने गरिएको छ ।

अहिले मेलपात जाँदा वजार घुम्न जाँदा

घरायसी, झगडामा मुत्यु हुदाँ पनि

शहिद हुने अवसर पाएका छन,

अहिले शहिद को कुनै कमि छैन ।

ए, शहिद यहाँ गणतन्त्र, लोकतन्त्र,

संस्थागत नभएपनि

नेताहरुको व्यत्तिगत विकास भने

मजाले भएको छ ।

ए, शहिद, तिमि ढूक्क भए हुन्छ ।

हिजो तिमिले आन्दोलनमा खाएको गोलि

खेर गएको छैन ।

तिमिले आन्दोलनमा बगाएको रगत

खेर गएको छैन ।

ए शहिद, तिमि ढुक्क भए हुन्छ ।

गद्दार हरुले आत्मसमर्पण गरेर

पतन भएर गय पनि,

ए शहिद हामि तिम्रो सपना पुरा गरेर छोड्ने छौ ।

तिमि ढुक्क भए हुन्छ ।

एकिकृत जनक्रान्ति अगाडि बढ्दै छ ।

तिम्रो सपना पुरा गर्न ।

You can share this post!