मन भित्र दबिएका कुरा भन्न सक्दैनन् जनताले

मुक्तक

जाजरकोट कुशे सन्दर्भ घायल

मन भित्र दबिएका कुरा भन्न सक्दैनन् जनताले

उतारचढाव जिन्दगीमा गन्न सक्दैनन् जनताले

देश बनाउछु भन्ने धेरै आएर गए भन्दा भाउ किन

हामीले चाहेको जस्तो देश बनेन भन्छन् जनताले

तेरो मेरो नभनेर हाम्रो देश भन्न सक्नु पर्छ

आफ्नो स्वार्थ हैन जनताको मन जित्न पर्छ

हामी बाँच्न त बाँचेकै छौँ आआफ्नो तरिकाले

सबैलाई समेटेर देशमा माला बन्न सक्नु पर्छ

राजनीतिले हिजो उल्टे फेरे पछि गुलामी भयौं हामी युवाहरू

नेताहरूले छड्के नजर हेरे पछि मुग्लानी भयौं हामी युवाहरू

तिमीहरूको टुटफुटको बानी बल्झियो जलन्त ब्यबहरले

परिवर्तनको लागि जति युद्ध लडेपनि घाइते भयौं हामी युवाहरू

 

You can share this post!