चार देशमा पांच एयरलाइन्सले पाए उडान अनुमति

काठमाडौं– सरकारको एक सातामा पांच एयरलाइन्सलाई उडान अनुमति दिएको छ । मन्त्रिपरिषदको  बैठकले चीन, टर्की र कतारका लागि उडान खुला गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको हो । त्यसैगरी भारतमा हुंदै आएको उडान पनि निरन्तर सुचारु हुनेछ ।

नागरीक उड्डयन प्राधिकरणकाअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुने प्राधिकरणले जनाएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो ।

You can share this post!